
लमजुङ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि लमजुङ जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
लमजुङको सदरमुकाम बेँसीसहरमा रहेको जिल्ला समन्वय समितिको भवनमा बिहिवार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।
सो अवसरमा मुख्य निर्वाचन अधिकृत एवम् जिल्ला न्यायाधीश शिव प्रसाद खनाल, प्रमुख जिल्ला अधिकारी सुशील बैध, जिल्ला निर्वाचन अधिकारी नारायणप्रसाद सापकोटा, सुरक्षा निकायका प्रमुख लगायतको उपस्थिति रहेको थियो । एउटा मात्रै संघीय निर्वाचन क्षेत्र रहेको लमजुङमा प्रदेश सभाका लागि दुईवटा निर्वाचन क्षेत्र रहेका छन् ।
Comments
Related News






