• Trending:

नारायणी नदीको बाढी सुस्ता बस्तीमा पस्यो, ५० बढी घर डुबानमा

नारायणी नदीको बाढी सुस्ता बस्तीमा पस्यो, ५० बढी घर डुबानमा

Economist Nepal

Fri, Asoj 21 2079

नारायणी नदीको बाढी सुस्ता बस्तीमा पस्यो, ५० बढी घर डुबानमा


२१ आश्विन २०७९, शुक्रबार

badhi

नवलपरासी । नारायणी नदीमा आएको बाढी पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका ५ सुस्ता बस्तीमा पसेको छ । गण्डक बाँधअन्तर्गत ठोक्कर नम्बर १ को बाँध फुटेर बस्तीतर्फ बाढी पसेको हो । फुटेको बाँध अहिले स्थानीय र सुरक्षाकर्मीले थुन्ने प्रयास गरिरहेका छन् ।

नारायणी नदीको पूर्वतर्फबाट थारु टोलमा बाढी पसेपछि सुस्ताका करिब ५० घर डुबानमा परेको स्थानीय मुन्सी गुप्ताले जानकारी दिएका छन् । नारायणी नदीको बहाव बढ्दो भएकाले बाढीको थप जोखिम रहेको भन्दै सुस्ताका स्थानीयलाई सुरक्षाकर्मीले सामुदायिक भवन र विद्यालयमा सुरक्षित स्थानमा राखेका छन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलका अनुसार सुस्तामा रहेका सुरक्षाकर्मी र स्थानीयले जोखिममा रहेका स्थानीयलाई सुरक्षित स्थानमा राखेको र थप सहयोग पठाउन लागिएको बताए । तीनतिर नारायणी नदी र एकतर्फबाट भारतीय सीमाना रहेको सुस्ता बस्तीमा उद्धारका लागि पनि भारतीय भूमि हुँदै जानुपर्ने हुन्छ । वर्षौंदेखि नारायणी नदीमा पुल निर्माण नहुँदा डुंगामा आवतजावत गनुपर्ने बाध्यता छ ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.