• Trending:

अविरल वर्षाका कारण बाढी र डुबानको जोखिम

अविरल वर्षाका कारण बाढी र डुबानको जोखिम

Economist Nepal

Fri, Asoj 21 2079

अविरल वर्षाका कारण बाढी र डुबानको जोखिम


२१ आश्विन २०७९, शुक्रबार

duban
फाइल फोटो

कैलाली । सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुर जिल्लामा गए रातिदेखि भइरहेको अविरल वर्षाका कारण यहाँको बस्ती डुबानमा पर्नसक्ने अवस्था सिर्जना भएको छ । कैलालीका खुटिया, कान्द्रा मोहना, सुहेली चौधरलगायत नदी तथा खोलामा बाढी आउने र होचो भूभाग डुबानमा पर्ने जोखिम देखिएकाले सतर्क रहन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।

विभागको अत्तरियास्थित महाकाली बेसिन फिल्ड कार्यालयले गएरातिदेखि भारी वर्षा भइरहेको जनाएको छ । विभागको कञ्चनपुर शान्तिपुरबेलौरीस्थित वर्षा मापन केन्द्रमा गएको १२ घण्टामा एक सय २५ मिमी, छ घण्टामा ८३ दशमलव आठ र तीन घन्टामा ६२ दशमलव २ मिमी वर्षा मापन भएको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

कार्यालय प्रमुख सञ्जय साहले भने, ‘आजदेखि वर्षा गराउने प्रणाली केही कमजोर हुँदै गएको देखाए पनि मनसुन निक्रिष्य हुन भने अझै समय लाग्न सक्नेछ ।’ यो महिनाको अन्तिमसम्ममा वर्षा हुने पूर्वानुमान गरिएकाले नदीमा आउने बाढी र तटीय क्षेत्रमा हुनसक्ने डुबानको जोखिमबाट सचेत रहन र पाकेको धानबाली काट्नका लागि अझैं एक हप्ता पर्खिन कार्यालयले आग्रह गरेको छ ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.