• Trending:

गठबन्धनको बैठकमा जसपाका नेताहरू अनुपस्थित

गठबन्धनको बैठकमा जसपाका नेताहरू अनुपस्थित

Economist Nepal

Fri, Asoj 21 2079

गठबन्धनको बैठकमा जसपाका नेताहरू अनुपस्थित


२१ आश्विन २०७९, शुक्रबार

Gathbandhan Top five leader of nepal

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग निरन्तर संवादमा रहेका जनता समाजवादी पार्टी (जसपा) का नेताहरू सत्ता गठबन्धनको बैंठकमा अनुपस्थित भएका छन् । सिट बाँडफाँटका लागि बालुवाटारमा जारी गठबन्धनको बैठकमा जसपाकातर्फबाट कुनै नेता उपस्थित छैनन् ।

जसपाका अध्यक्ष उपेन्द्र यादवले पनि आफू घरमै रहेको जानकारी दिएका छन् । जसपाले एमालेसँग सहकार्यको प्रक्रिया अगाडि बढाएको छ । गठबन्धनबाट कम सिट पाइने भएपछि जसपाले एमालेसँग चुनावी तालमेलको प्रक्रिया अघि बढाएको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

जसपाले एमालेसँग २५ सिटको प्रस्ताव गरेको छ भने एमाले पनि २२ सिट दिन तयार देखिएको छ । तीन सिटमा मात्र कुरा नमिलेको स्रोतले जनाएको छ । अझै पनि एमालेका नेताहरु जसपालाई गठबन्धनमा फर्किन नदिने रणनीतिका साथ लागि परिरहेका छन् ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.