• Trending:

भीम रावलले पाएनन् टिकट, झपट बोहरा एमाले उम्मेद्वार

भीम रावलले पाएनन् टिकट, झपट बोहरा एमाले उम्मेद्वार

Economist Nepal

Fri, Asoj 21 2079

भीम रावलले पाएनन् टिकट, झपट बोहरा एमाले उम्मेद्वार

योगेश भट्टराईको पनि टिकट पक्का


२१ आश्विन २०७९, शुक्रबार

1665143498 bhim and jhapat 1200x560 1

काठमाडौँ । नेकपा एमालेका नेता भीम रावलले चुनावका लागि उम्मेदवारको टिकट नपाउने सम्भावना देखिएको छ । अछामको निर्वाचन क्षेत्र नम्बर १ बाट भीम रावललाई टिकट नदिएर अध्यक्ष ओलीले झपट बोहरालाई टिकट दिएका छन् । एमालेले टिकट वितरणको जिम्मा अध्यक्ष ओलीलाई दिएको छ ।

१० औँ महाधिवेशनमा केपी शर्मा ओलीसँग अध्यक्षमा प्रतिस्पर्धा गरेकै कारण भीम रावलले टिकट नपाएको टिप्पणी शुरु भएको छ । अछाम जिल्ला कमिटीले रावलको नाम सर्वसम्मत सिफारिस गरेको थियो । अछाम–१ मा प्रतिनिधि सभामा झपट बोहोराले टिकट पाउँदा प्रदेश सभामा कृष्णप्रसाद जैशी र देवबहादुर कुँवरले टिकट पाएको एमाले स्रोतले जनाएको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

ओलीको कार्यशैलीको विरोध गरे बापत भीम रावलले टिकट नपाउँदा त्यही समूहमा रहेका योगेश भट्टराईले भने ताप्लेजुङबाट चुनाव लड्ने पक्का भएको छ । भट्टराईले उम्मेदवारी दर्ताको लागि उपस्थित हुन जिल्ला कमिटीका सदस्यहरु तथा कार्यकर्तालाई निर्देशन पनि दिएका छन् । तत्कालीन नेकपाभित्र विवाद भएपछि ओलीबाहेकको पक्षमा लगेका नेताहरूलाई टिकट दिन अध्यक्ष ओलीले निकै अप्ठेरो मानिरहेको नेताहरूले बताएका छन् ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.