• Trending:

कांग्रेसमा १० उम्मेदवारको टुङ्गो, देउवा डडेल्धुराबाट उठ्ने

कांग्रेसमा १० उम्मेदवारको टुङ्गो, देउवा डडेल्धुराबाट उठ्ने

Economist Nepal

Sat, Asoj 22 2079

कांग्रेसमा १० उम्मेदवारको टुङ्गो, देउवा डडेल्धुराबाट उठ्ने


२२ आश्विन २०७९, शनिबार

deuwa scaled

काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले आसन्न प्रतिनिधिसभा एवं प्रदेशसभा निर्वाचनका लागि १० सिटको बाँडफाँट टुङ्गो लगाएको छ । शुक्रबार राति बसेको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवासहित १० सिटको उम्मेदवार टुंग्याएको हो ।

देउवा डडेलधुराबाट चुनाव लड्ने छन् । त्यसबाहेक दार्चुलामा दिलेन्द्र बडु, बाजुरामा बद्री पाण्डे, अछाम २ मा पुष्प शाह, मुगुमा ऐन बहादुर शाही, मनाङमा टेक प्रसाद गुरुङ र तेह्रथुममा सीता गुरुङ रहेका छन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

त्यस्तै प्रदेशसभातर्फ जुम्ला (ख) मा लतितजंग शाही, तेह्रथुम (क) मा सन्तोष सुब्बा र ताप्लेजुङ (ख) मा खगेनसिंह हाङ्वाङको टिकट सुनिश्चित भएको छ ।

city
ncll 2

बाँकी क्षेत्रमा आज (शनिबार) को बैठकले टुंगो लगाउने बताइएको छ । आसन्त प्रतिनिधिसभा एवं प्रदेशसभा निर्वाचनका लागि भोलि (आइतबार) मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको छ ।

jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.