• Trending:

मधेसमा आधा–आधा भागवण्डा गर्ने एमाले र जसपाबीच सहमति

मधेसमा आधा–आधा भागवण्डा गर्ने एमाले र जसपाबीच सहमति

Economist Nepal

Sat, Asoj 22 2079

मधेसमा आधा–आधा भागवण्डा गर्ने एमाले र जसपाबीच सहमति


२२ आश्विन २०७९, शनिबार

Kp oli Upendra Yadav onlinepana

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) बीच मधेस प्रदेशमा १४–१४ सिट बाँड्ने सहमति भएको छ । बाँकी ४ सिटमा मित्रवत् प्रतिस्पर्धा हुने भएको छ । दुई पार्टीबीच धनुषा २, महोत्तरी २, रौतहट १ र बारा ३ मा मित्रवत् प्रतिस्पर्धा हुने भएको छ ।

त्यस्तै मधेसको प्रदेशसभातर्फ जसपाले १४ र एमालेले ३० सिटमा तालमेल गर्ने सहमति भएको हो । ६४ सिट रहेको प्रदेशसभामा बाँकी ठाउँमा मित्रवत् प्रतिस्पर्धा हुने सहमति भएको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

नेकपा एमालेले सप्तरी क्षेत्र ३ लिँदा जसपाले १, २ र ४ क्षेत्र लिएको छ । सिरहामा १ र ३ एमालेले लिँदा २ र ४ जसपाले लिने सहमति भएको छ । त्यस्तै धनुषाको ३ र ४ एमालेले लिँदा क्षेत्र १ जसपाले लिएको छ । महोत्तरी १ भने एमाले र ३ र ४ जसपाले लिने सहमति भएको छ ।

city
ncll 2

त्यस्तै सर्लाही २ र ३ एमालेले लिँदा १ र ४ जसपाले लिने सहमति भएको छ । रौतहटको ३ र ४ एमालेले लिँदा जसपाले २ लिने सहमति भएको छ । त्यस्तै बाराको १ र ४ एमाले र २ जसपाले लिने सहमति भएको छ । पर्साको ३ र ४ एमाले र १ र २ जसपाले लिने सहमति भएको छ ।

jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.