• Trending:

भीम रावलको टिकट खोसिएपछि एमाले अछाममा ‘विद्रोह’

भीम रावलको टिकट खोसिएपछि एमाले अछाममा ‘विद्रोह’

Economist Nepal

Sat, Asoj 22 2079

भीम रावलको टिकट खोसिएपछि एमाले अछाममा ‘विद्रोह’

चार जिल्ला सचिवालय सदस्यसहित ४० जनाद्वारा एमाले छाडेको घोषणा


२२ आश्विन २०७९, शनिबार

Bhim Rawal is a CPN UML politician He is former Deputy Prime Minister Defence Minister of Nepal

अछाम । भीम रावललाई टिकट नदिएपछि नेकपा एमाले अछाममा विद्रोह भएको छ । नेकपा एमाले अछाम जिल्ला कमिटीका चार सचिवालय सदस्यसहित ४० जनाले एमाले छाडेको घोषणा गरेका छन् ।

एमाले छाडेको घोषणा गर्नेमा जिल्ला कमिटी सचिवालय सदस्यहरु प्रकाश शाह, केशर मियाँ, बालगिरी कुँवर, सागरसिंह बाब्ली छन् । पार्टीको केन्द्रले टिकट वितरण गर्दा तल्लो कमिटीले गरेको सर्वसम्मत निर्णयलाई पूरै बेवास्ता गरेको तथा पार्टीको नेता–कार्यकर्ता र जनभावना विपरीत निर्णय भएकाले आफूहरुले पार्टी छाडेको उनीहरुले बताएका छन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

अछाम १ बाट रावलको नाम एकल रुपमा सिफारिस भएर आए पनि एमाले अध्यक्ष केपी शर्मा ओलीले उनलाई टिकट दिएनन् । ओलीले रावलको क्षेत्रमा माओवादीबाट एमालेमा आएका भपट बोहोरालाई टिकट दिएका छन् ।

city
ncll 2
rijaen
rijaen 1
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.