• Trending:

प्रचण्डको ठाउँमा डा. भोजराज अधिकारी गठबन्धनको उम्मेद्वार

प्रचण्डको ठाउँमा डा. भोजराज अधिकारी गठबन्धनको उम्मेद्वार

Economist Nepal

Sat, Asoj 22 2079

प्रचण्डको ठाउँमा डा. भोजराज अधिकारी गठबन्धनको उम्मेद्वार


२२ आश्विन २०७९, शनिबार

bhojraj adhikari

काठमाडौं । चितवन क्षेत्र ३ बाट डा. भोजराज अधिकारी माओवादी केन्द्रबाट चुनावमा उठ्ने भएका छन् ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवन छाडेर गोरखा २ बाट उम्मेदवार बन्ने भएपछि भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारी उक्त निर्वाचन क्षेत्रबाट लड्ने भएका हुन् ।

यस विषयमा उनीसँग बुझ्दा पार्टीले तयारी गर्नुस् भने पनि आधिकारिक निर्णय नआएको बताएका छन् । चितवन ३ (ख) बाट भने ठाकुरप्रसाद ढकाल उठ्ने बताइएको छ । प्रचण्डले यसअघि सक्रिय राजनीति नगरेका तर सामाजिक छवि भएकाहरुलाई पार्टीले स्थान दिने बताएका थिए ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

सोही अनुसार डा. अधिकारीलाई उम्मेदवार दिएको हुन सक्छ । प्रदेश उम्मेदवार ढकाल भने यस अघि माडी नगरपालिकाका मेयर भइसकेका व्यक्ति हुन् ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.