• Trending:

आयरल्याण्डको पेट्रोल पम्पमा विष्फोट, नौ जनाको मृत्यु

आयरल्याण्डको पेट्रोल पम्पमा विष्फोट, नौ जनाको मृत्यु

Economist Nepal

Sun, Asoj 23 2079

आयरल्याण्डको पेट्रोल पम्पमा विष्फोट, नौ जनाको मृत्यु


२३ आश्विन २०७९, आईतवार

Ireland Pump Blast1665261665

काठमाडौं । आयरल्याण्डको उत्तर पश्चिम क्षेत्रमा पर्ने डोनेगल काउन्टीमा रहेको पेट्रोल पम्पमा विष्फोट हुँदा कम्तीमा नौ जनाको ज्यान गएको छ ।

गार्डा सिओचाना प्रहरी बलले आठ जनालाई अस्पताल भर्ना गरिएको र यस घटनाका कारण नौ जनाको मृत्यु भएको पुष्टि गरेको छ । ‘क्रेस्लो गाउँमा रहेको उक्त स्थानमा थप हताहतीका लागि खोजी र उद्धार कार्य जारी छ’, विज्ञप्तिमा भनिएको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

विष्फोटको कारण खुल्न नसकेको र भग्नावशेषबाट खोजी कार्य जारी रहेको छ । शुक्रबारको विष्फोटमा मृत्यु हुनेको संख्या रातारात तीनबाट बढेर सात पुगेको हो । आयरल्याण्डको पेट्रोल पम्प फोरकोर्ट र नजिकैको आवासीय भवनमा विष्फोट भएपछि आयरल्याण्डको आपतकालीन सेवाले रातभर उद्धार कार्य जारी राखेको थियो ।

city
ncll 2

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.