• Trending:

रामोसलाई रातो कार्ड, पिएसजी रोकियो

रामोसलाई रातो कार्ड, पिएसजी रोकियो

Economist Nepal

Sun, Asoj 23 2079

रामोसलाई रातो कार्ड, पिएसजी रोकियो


२३ आश्विन २०७९, आईतवार

1186724158.0 6iizHTLKEk

काठमाडौं । रक्षक सर्जिओ रामोसले रातो कार्ड सामना गरेको खेलमा पेरिस सेन्ड जर्मेन (पिएसजी) गोलरहित बराबरीमा रोकिएको छ । स्टार स्ट्राइकर लियोनल मेसी बिना मैदान उत्रिएको पिएसजी शनिबार राति फ्रेन्च लिग वानमा रेइम्ससँग अंक बाढ्न बाध्य भयो ।

अर्का स्टार नेयमार समेत बेन्चमा रहेको स्थितिमा पिएसजीको अग्रपंक्ति केलियम एम्बाप्पेले सम्हालेको थिए । उनी समेत गोलबिहीन रहे । नेयमार खेलको ५७औं मिनेटमा मैदान प्रवेश गरेका थिए ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

खेलको ४१औं मिनेटमा रक्षक रामोसले दोहोरो पहेँलो कार्डको सामना गरेपछि पिएसजी पहिलो हाफमै १० खेलाडीमा सिमित भएको थियो । बराबरीसंगै १० खेलबाट २६ अंक जोडेको पिएसजी शीर्षस्थानमा छ । समान खेलबाट ८ अंक जोडेको रेइम्स १४औं स्थानमा छ ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.