
झापा । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दर्ता गएका छन् । एमालेको समर्थनमा आइतबार बिहान झापाको निर्वाचन क्षेत्र नं. ३ बाट उम्मेदवारी दर्ता गराएका हुन् । प्रस्तावक माधव पोखरेल, समर्थक एमालेका लक्ष्मण पाठक बसेका छन् । सत्ता गठबन्धनबाट कृष्ण सिटौलाले उम्मेदवारी दिएका छन् । अघिल्लो निर्वाचनमा लिङ्देनसँग सिटौला पराजित भएका थिए ।
उनले शुभ साइत हेराएर मनोनयन दर्ता गराएका हुन् । प्रदेश सभातर्फ एमालेले दुवै निर्वाचन क्षेत्रमा राप्रपाको समर्थनमा उम्मेदवारी दिएको छ । एमालेका निर्वाचन क्षेत्र १ मा बसन्त बानियाँ र २ मा छविलाल चुडाँलले उम्मेदवारी दर्ता गएका छन् ।
मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभाको प्रत्यक्षतर्फको मनोनयन पत्र देशभर आज दर्ता हुँदैछ । निर्वाचन आयोगले आइतबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिने जनाएको छ ।






