
मोरङ । नेकपा (एमाले) का नेता लालबाबु पण्डितले प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन् ।
मोरङ निर्वाचन क्षेत्र नं ६ बाट पण्डितले उम्मेदवारी दर्ता गराएका छन् । २०७४ को निर्वाचनमा पण्डितले कांग्रेसका डा. शेखर कोइरालालाई यसै क्षेत्रमा पराजित गरेका थिए ।
पण्डितले देश र जनताको हितमा काम गर्न आफ्नो उम्मेदवारी रहेको बताए । यो क्षेत्रमा प्रदेशसभातर्फ जसपासँग गठबन्धन भए पनि ६ (२) मा पर्शुराम बस्नेत र ६ (१) मा रिता न्यौपानेले मनोनयन दर्ता गराउने एमालेले जनाएको छ ।
एमालेले ६ (२) मा जसपालाई टिकट दिने सहमति गरेको थियो । तर, अन्तिममा बस्नेतले मनोनयन गराउने तय भएको एमाले नेता पण्डितले बताए ।
Comments
Related News






