
झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आसन्न निर्वाचनका लागि उम्मेदवारी मनोनयनपत्र दर्ता गराएका छन् । आइतबार उनले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ झापा निर्वाचन क्षेत्र नम्बर–१ बाट उम्मेदवारी दिएका हुन् ।
उनी ०७४ को निर्वाचनमा पनि सोही क्षेत्रबाट उमेदवार बनेका थिए । त्यति बेला शर्मा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार सुरेन्द्रकुमार कार्कीसँग पराजित भएका थिए । यो क्षेत्रमा अहिले नेकपा (एमाले) का तर्फबाट अग्नि खरेलले प्रतिनिधिसभा सदस्यमा प्रतिस्पर्धा गर्दैछन् ।
Comments
Related News




