• Trending:

काठमाडौं-७ मा उम्मेदवारी दर्ता गर्दै मानुषीले भनिन्, ‘अब फोहोरी राजनीतिको काम छैन’

काठमाडौं-७ मा उम्मेदवारी दर्ता गर्दै मानुषीले भनिन्, ‘अब फोहोरी राजनीतिको काम छैन’

Economist Nepal

Sun, Asoj 23 2079

काठमाडौं-७ मा उम्मेदवारी दर्ता गर्दै मानुषीले भनिन्, ‘अब फोहोरी राजनीतिको काम छैन’


२३ आश्विन २०७९, आईतवार

manusi

काठमाडौं । नेपाल समाजवादी पार्टीकी नेतृ मानुषी यमी भट्टराईले काठमाडौं क्षेत्र नम्बर ७ बाट उम्मेदवारी दर्ता गराएकी छन् । सत्ता गठबन्धनको तर्फबाट भट्टराईले उम्मेदवारी दिएकी हुन् ।

भट्टराईले त्रिभुवन विश्वविद्यालयमा स्ववियु सचिवको समेत जिम्मेवारी सम्हालिसकेकी छन् । यो क्षेत्रबाट जनता समाजवादी पार्टीका राजेन्द्र श्रेष्ठ भिड्दै छन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

नेपाल समाजवादी पाटीकी नेता मानुषी यमी भट्टराई नयाँ पुस्ताबाट परिवर्तन सम्भव भएको बताएकी छन् ।
काठमाडौं–७ मा सत्ता गठबन्धनको साझा उम्मेदवारको रूपमा उम्मेदवारी दर्ता गरेपछि नयाँ पुस्ताको आवाज बुलन्द गर्न आफ्नो उम्मेदवारी भएको बताएकी हुन् ।

city
ncll 2

उनले भनिन्, ‘नयाँ पुस्ताको आवाज बुलन्द गर्नका लागि मेरो उम्मेदवारी हो । काठमाडौं ७ बाट अनुमोदित हुन्छु भन्ने लागेको छ । लोकतान्त्रिक विधिलाई संस्थागत गर्न बाँकी छ ।’

jagdamba.cement
nepal liquors

गठबन्धनको तर्फबाट काठमाडौंमा ३ जना महिला उम्मेदवार हुनु सकारात्मक पाटो भएको बताइन् । निर्वाचन प्रणाली परिवर्तन नभएसम्म महिला सहभागिता बढाउन नसक्ने उनले बताइन् । नागरिक सचेत भइसकेकै कारणले फोहोरी राजनीतिको काम नलाग्ने उनको भनाइ छ ।

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.