• Trending:

रेशम चौधरीले जेलभित्रैबाट चुनाव लड्ने, वारिसनामामार्फत मनोनयन दर्ता

रेशम चौधरीले जेलभित्रैबाट चुनाव लड्ने, वारिसनामामार्फत मनोनयन दर्ता

Economist Nepal

Sun, Asoj 23 2079

रेशम चौधरीले जेलभित्रैबाट चुनाव लड्ने, वारिसनामामार्फत मनोनयन दर्ता


२३ आश्विन २०७९, आईतवार

resham

काठमाडौं । टीकापुर हत्याकाण्डको प्रमुख अभियुक्तको आरोप लागेका रेशम चौधरी जेलभित्रैबाट चुनाव लड्ने भएका छन् । बर्दिया क्षेत्र नम्बर २ को निर्वाचन अधिकृतको कार्यालयमा वारिसनामामार्फत उनले उम्मेदवारी दर्ता गरेका छन् ।

श्रीमती रञ्जिता श्रेष्ठ चौधरीको नाममा दर्ता भएको नागरिक उन्मुक्ति पार्टीबाट रेशम चुनाव लड्न लागेका हुन् । आइतबार निर्वाचन अधिकृतको कार्यालयमा पुगेर बुबा लालवीरले रेशमको उम्मेदवारी दर्ता गराएका थिए ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

थरुहट आन्दोलनका क्रममा २०७२ भदौ ७ गते भएको ‘टीकापुर घटना’ मा आठ सुरक्षाकर्मीसहित एक नाबालकको हत्या भएको थियो । उक्त हत्याको अभियोग प्रमाणित भएपछि चौधरी डिल्लीबजारस्थित कारागारमा छन् । उनलाई टीकापुर हत्याकाण्डको मुख्य योजनाकार रहेको आरोप छ ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.