• Trending:

भारतद्वारा दक्षिण अफ्रिका ७ विकेटले पराजित

भारतद्वारा दक्षिण अफ्रिका ७ विकेटले पराजित

Economist Nepal

Mon, Asoj 24 2079

भारतद्वारा दक्षिण अफ्रिका ७ विकेटले पराजित


२४ आश्विन २०७९, सोमबार

8b6b5108 73c9 4f4c a6db 933d213edcd3 fa2deOJ8AJ

काठमाडौं । श्रेयस अय्यरको शतकको मद्दतमा भारतले राँचीमा भएको एक दिवसीय खेलमा दक्षिण अफ्रिकालाई ७ विकेटले पराजित गरेको छ । दक्षिण अफ्रिकाले भारतलाई २७९ रनको लक्ष्य दिएको थियो । भारतीय टोलीले २५ बल बाँकी रहँदै यो लक्ष्य हासिल गर्‍यो ।

भारतका लागि श्रेयस अय्यरले १ सय १३ रन बनाए । १११ बलको आफ्नो पारीमा उनले १५ चौका प्रहार गरे । इशान किशनले पनि बलियो पारी खेले । उनी ८४ बलमा ९३ रन बनाएर आउट भए । उनले चार चौका र सात छक्का प्रहार गरे । अय्यर र किशनले तेस्रो विकेटका लागि १६१ रनको साझेदारी गरे। कप्तान शिखर धवनले १३ र शुभमन गिलले २८ रन बनाए । सञ्जु सामसन २९ रनमा अविजित रहे ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

यसअघि टस जितेर ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा सात विकेट गुमाएर २७८ रन बनाएको थियो । अफ्रिकी टोलीका लागि मार्करामले सर्वाधिक ७९ रन बनाए । भारतका लागि मोहम्मद सिराजले ३ विकेट लिए ।
तीन खेलको शृङ्खलामा अहिले १–१ को बराबरी भएको छ । लखनउमा भएको पहिलो एकदिवसीय खेलमा दक्षिण अफ्रिका ९ रनले विजयी भएको छ । तेस्रो एकदिवसीय खेल अक्टोबर ११ मा दिल्लीमा हुनेछ ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.