• Trending:

युनाइटेड विजयी, रोनाल्डोको सात सय गोल पुरा

युनाइटेड विजयी, रोनाल्डोको सात सय गोल पुरा

Economist Nepal

Mon, Asoj 24 2079

युनाइटेड विजयी, रोनाल्डोको सात सय गोल पुरा


२४ आश्विन २०७९, सोमबार

127026397 gettyimages 1432008706 RmMeEuGNa2

काठमाडौं । क्रिस्टियानो रोनाल्डोले क्लबस्तरमा आफ्नो ७ सयौं गोल पुरा गर्दा म्यानचेस्टर युनाइटेडले एभर्टनको दुई खेलको विजयी यात्रामा पूर्णविराम लगाएको छ । युनाइटेडले एक गोलले पछि परेको स्थिति उल्टाउँदै एभर्टनलाई २–१ गोलले हराएको हो ।

खेलका पाँचौं मिनेटमा नै एलेक्स इओबीको गोलको मद्दतले एभर्टनले खेलमा अग्रता लिएको थियो । तर १५ औं मिनेटमा एन्टोनीले गोल गर्दै युनाइटेडका लागि खेल बराबरी गरे । उनी युनाइटेडका लागि पहिलो तीन प्रिमियर लिग खेलमा गोल गर्ने पहिलो खेलाडी बनेका छन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

त्यसपछि एन्थोनी मार्सियाल घाइते भएपछि रोनाल्डो पहिलो हाफमा मैदानमा प्रवेश गर्ने मौका पाए । मैदान प्रवेश गरेको १५ मिनेटमा नै उनले गोल गर्दै युनाइटेडको पुनरागमन पुरा गरे । जीतपछि युनाइटेड ८ खेलपछि १५ अंक बटुल्दै लिगको पाँचौ स्थानमा रहेको छ । एभर्टन भने १० अंकसहित लिगको १२ औं स्थानमा छ ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.