
कालिकोट । कालीकोटको तिलागुफामा मलामी हिंडेका १५ जना बेपत्ता भएका छन् । तिलागुफा नगरपालिका राँचुली गाउँका १५ जना बेपत्ता भएका हुन् ।
शनिबार ज्यान गुमाएका हेमराज शाहीको अन्त्येष्टिमा गएका उनीहरु बेपत्ता भएका हुन् । १५ जना बेपत्ता भएको खबर आउना साथ प्रहरी टोली घटनास्थलतर्फ पठाएको कालिकोटका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले जानकारी दिएका छन् ।
गाउँलेले १५ जना जति बेपत्ता भएको खबर गरेपछि प्रहरीको टोली घटनास्थल पुगेको जानकारी दिंदै शर्माले भने, ‘हाम्रो प्रहरी टोलीले घटनाबारे बुझ्ने काम गरिरहेको छ, चाँडै विवरण आउनेमा विश्वस्त छौं ।’
Comments
Related News






