• Trending:

सन्दीपलाई थप सात दिन हिरासतमा राख्न अदालतको अनुमति

सन्दीपलाई थप सात दिन हिरासतमा राख्न अदालतको अनुमति

Economist Nepal

Mon, Asoj 24 2079

सन्दीपलाई थप सात दिन हिरासतमा राख्न अदालतको अनुमति


२४ आश्विन २०७९, सोमबार

Sandeep lamichhane 2
फाइल फोटो

काठमाडौँ । बलात्कार आरोपमा पक्राउ परेका नेपाली क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेलाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।

लामिछानेलाई म्याद थपका लागि प्रहरीले आज (सोमबार) बिहान काठमाडौं जिल्ला अदालतमा उपस्थित गराएको थियो । अब लामिछानेलाई जिल्ला सरकारी वकिलको उपस्थितिमा प्रहरीले बयान लिने छ । लामिछानेलाई गत बिहीबार (असोज २० गते) प्रहरीले पक्राउ गरेको थियो ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

पक्राउपछि आरोपितलाई अदालतबाट थुनामा राख्ने अनुमति लिएपछि बयान प्रक्रिया अघि बढाउनु पर्नेमा दसैं बिदा परेकाले अदालत पनि बन्द भएकाले आज मात्र अदालतमा उपस्थित गराइएको थियो ।

city
ncll 2

लामिछानेमाथि गत भदौ ५ गते एक १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेको छ । उनीविरुद्ध मुलुकी अपराधसंहिता २०७४ को दफा २१९ अनुसार अनुसन्धान भइरहेको छ । उनीविरुद्धको कसुर पुष्टि भए १० देखि १२ वर्षसम्म कैद सजाय हुन सक्ने कानुनी व्यवस्था छ ।

jagdamba.cement
nepal liquors

गत भदौ २१ मा एक नाबालिगले लामिछानेविरुद्ध जबरजस्ती करणीको आरोपमा काठमाडौं प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् । लामिछानेलाई गत भदौ ५ गते ती १७ वर्षीया नाबालिले बलात्कार गरेको आरोप लागाउकी थिइन् ।

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.