• Trending:

उत्तर प्रदेशका पूर्व मुख्यमन्त्री मुलायमसिंह यादवको निधन

उत्तर प्रदेशका पूर्व मुख्यमन्त्री मुलायमसिंह यादवको निधन

Economist Nepal

Mon, Asoj 24 2079

उत्तर प्रदेशका पूर्व मुख्यमन्त्री मुलायमसिंह यादवको निधन


२४ आश्विन २०७९, सोमबार

1665379506 mulayam 1200x560 1

नयाँदिल्ली । भारतका वरिष्ठ राजनीतिज्ञ मुलायम सिंह यादवको ८२ वर्षको उमेरमा निधन भएको छ । पूर्व संघीय रक्षामन्त्री यादव १५ दिनदेखि दिल्ली नजिकैको एक निजी अस्पतालमा भर्ना भएका थिए । उनी उत्तर प्रदेशमा तीन पटकसम्म मुख्यमन्त्री बनेका थिए ।

उनको अवस्था बिग्रिएपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो । उनका छोरा तथा राजनीतिक उत्तराधिकारी अखिलेश यादवले सोमबार बिहान उनको निधन भएको पुष्टि गरेका हुन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

विभिन्न दलका राजनीतिज्ञ, सार्वजनिक व्यक्तित्वहरू र सर्वसाधारणले भारतीय राजनीतिका दिग्गज यादवको मृत्युप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । यादव विगत केही वर्षदेखि बिरामी थिए र लगातार अस्पतालमा जाने गरेका थिए । उनी बहालवाल सांसद पनि थिए । तर, उनी धेरै सक्रिय थिएनन् र सार्वजनिक सभाहरूमा विरलै देखिन्थे ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.