• Trending:

जाहेरवाला नाबालिग नभएको इजलासमा सन्दीपको दावी

जाहेरवाला नाबालिग नभएको इजलासमा सन्दीपको दावी

Economist Nepal

Mon, Asoj 24 2079

जाहेरवाला नाबालिग नभएको इजलासमा सन्दीपको दावी


२४ आश्विन २०७९, सोमबार

Sandeep lamichhane 2
फाइल फोटो

काठमाडौं । नेपाली क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेलाई बलात्कारको आरोप लगाउने जाहेरवाला नाबालिग नरहेको उनका कानुन व्यवसायीले दावी गरेका छन् । ती जाहेरवालाको दुई वटा जन्मदर्ता भेटिएको र नाबालिग नरहेको पाइएको सन्दीपका कानुन व्यवसायीको दावी छ ।

सन्दीपका वकिल सरोजकृष्ण घिमिरेले भने, ‘जाहेरवालीले म १९ वर्षको भएँ भनेको इजलास समक्ष राख्नु भएको छ ।’

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

अर्का अभिवक्ता सुधा रिजालले भने सन्दीपलाई फसाउनकै लागि नाबालिका देखिने गरी जन्मदर्ता बनाएको दाबी गरेकी छन् । जाहेरवालाको दुई वटा जन्मदर्ता भेटिएको भन्दै उनले भनिन्, ‘अहिलेको जन्मदर्तामा म्याचुअर्ड छ उहाँ नाबालिग हुनुहुन्न । जो मान्छेहरुले फसाउन खोजेको छ, त्यसले उहाँलाई परिचालन गरेको आशंका छ ।’

city
ncll 2

अधिवक्ता सरोजकृष्णका अनुसार इजलासमा सन्दीपले आफ्नो गोपनीयता भङ्ग भएको भन्दै त्यसको कानुनी उपचारबारे चासो राखेका थिए । जवाफमा न्यायाधीशले मुद्दाका सुनुवाइका क्रममा यो विषय उठाउन सुझाएका छन् ।

jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.