• Trending:

मलामी जाँदा बेपत्ता १३ जनाको खुल्यो पहिचान

मलामी जाँदा बेपत्ता १३ जनाको खुल्यो पहिचान

Economist Nepal

Mon, Asoj 24 2079

मलामी जाँदा बेपत्ता १३ जनाको खुल्यो पहिचान


1665381603 kalikot 1200x560 1

कालीकोट । कालीकोटको तिलागुफा नगरपालिका–४ राँचुलीमा मलामी जाँदा पहिरोले कर्णाली नदीमा बगाएका १३ जनाको पहिचान खुलेको छ ।

आइतबार दिउँसो कुकुरखोला र कर्णाली नदीको दोभानमा मलामी गएका १३ जनालाई राँचुली गाउँबाट आएको पहिरोले बगाएको थियो ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

प्रहरीका अनुसार पहिरोसँगै कर्णाली नदीमा बेपत्ता हुनेमा तिलागुफा नगरपालिका–४ राँचुलीका ४७ वर्षीय कालीबहादुर शाही, ६३ वर्षीय धनबहादुर शाही, ३६ वर्षीय क्षेत्रजंग शाही, २८ वर्षीय खगेन्द्र शाही, २३ वर्षीय भेषबहादुर शाही, ५५ वर्षीय धनबहादुर शाही, ७६ वर्षीय अली शाही, २३ वर्षीय खेमराज शाही, ५७ वर्षीय मानबहादुर शाही, ४१ वर्षीय मोतिलाल शाही, ५६ वर्षीय परबहादुर शाही, २४ वर्षीय नरेश शाही र २२ वर्षीय प्रशान्त शाही रहेका छन् ।

city
ncll 2

कर्णाली प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक माधनप्रसाद श्रेष्ठका अनुसार घटना आइतबार दिउँसोको भए पनि प्रहरीलाई सोमबार विहान ७ बजेतिर मात्रै खवर भएको थियो । ‘लाश जलाउने बेला माथिबाट आएको पहिरोमा परेर सबै जना कर्णाली नदीमा बेपत्ता भएका हुन्,’ उनले भने, ‘खोजी कार्य शुरु गरिएको छ, अहिलेसम्म कोही फेला परेका छैनन् ।’

jagdamba.cement
nepal liquors

बेपत्ता हुनेमा तिलागुफा नगरपालिका वडा नम्बर–४ राँचुलीका वडाध्यक्ष परबहादुर शाही पनि छन् । स्थानीय हेमराज शाहीको शनिवार मृत्यु भएपछि आइतबार करिब ७० जना घाटमा मलामी आएका थिए ।

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.