• Trending:

ऋचा शर्माको ‘कौसिद’ पुस १५ मा

ऋचा शर्माको ‘कौसिद’ पुस १५ मा

Economist Nepal

Mon, Asoj 24 2079

ऋचा शर्माको ‘कौसिद’ पुस १५ मा


२४ आश्विन २०७९, सोमबार

Kausid poster.jpg

काठमाडौं । बड पिक्चर्सको ब्यानरमा निर्माण भएको नेपाली फिल्म ‘कौसिद’ आगामी १५ पुसमा रिलिज हुने भएको छ । अभिनेत्री ऋचा शर्माको प्रस्तुती रहेको फिल्ममा कुमार भास्करको निर्देशन छ ।

फिल्ममा भोलाराज सापकोटा, ऋचा शर्मा, रुपेश दाहाल, परिक्षित विक्रम राणा, सदिक्षा गौतम, निर्भिक भट्टराई, सागर भट्टराईलगायतका कलाकारको अभिनय रहेको छ । फिल्मका निर्माता केदार भुसाल हुन् भने कार्यकारी निर्मातामा दिमेश श्रेष्ठ र सह–निर्मातामा लक्ष्मण बानियाँ रहेका छन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

फिल्ममा नव विजय प्रकाश श्रेष्ठ र धिर्जन थपलियाको पटकथा रहेको छ । निसल पौडेलको छायांकन रहेको फिल्ममा मित्र डि. गुरुङ र भीम विश्वकर्माको सम्पादन छ । फिल्मले ऋणको चपेटामा परेको पात्रको जीवन भोगाइ जोडिएको कथालाई बोल्नेछ । फिल्मको वितरण आरआर फिल्म्सले लिएको छ ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.