• Trending:

बेमौसमी वर्षाले धान उत्पादन घट्ने चिन्ता

बेमौसमी वर्षाले धान उत्पादन घट्ने चिन्ता

Economist Nepal

Mon, Asoj 24 2079

बेमौसमी वर्षाले धान उत्पादन घट्ने चिन्ता


२४ आश्विन २०७९, सोमबार

BB Baitadi IMG20221010114617 scaled

कैलाली । धान भित्र्याउनने बेलाको बेमौसमी वर्षाले गर्दा यस वर्ष धान उत्पादन घटने भएकाले कञ्चनपुरका किसान चिन्तित छन् । किसान देवकी पन्तले यस वर्ष धान भित्र्याउने बेलामा आएको वर्षाले धानमा नोक्सानी गरेको बताइन् ।

‘चार दिनदेखिको वर्षाले बालामै धान टुसाउन लागेको छ धेरै ठाउँमा वर्षाले धान ढलेर कुहिन थालेको छ’, उनले भनिन्, ‘गत वर्ष जस्तै यस वर्ष पनि धान उत्पादन घट्ने चिन्ता लागेको छ ।’

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

भीमदत्त नगरपालिका–९ का ललितमोहन अवस्थीले पनि गत वर्ष जस्तै यर्स पनि धानमा क्षति पुगेको बताए । ‘सुरुमा धानमा रोग देखिएर क्षति भयो र अहिले भित्र्याउने बेला वर्षाले क्षति पुगेको छ’, उनले भने, ‘धानका बोट ढलेर खेतमा कुहिन लागेका छन् ।’
कञ्चनपुर कृषि ज्ञान केन्द्रका सूचना अधिकारी हरिदत्त जोशीले गत वर्षको बेमौसमी वर्षाका कारण धान उत्पादनमा कमी आएको र यस वर्ष पनि तीन दिनदेखिको लगातारको वर्षाले धानको उत्पादनमा कमी आउनेसक्ने जानकारी दिए ।

city
ncll 2

‘गत वर्ष कात्तिकमा आएको वर्षाले कञ्चनपुरमा १७ हजार हेक्टरको धानमा क्षति पुर्‍याएको थियो’, उनले भने, ‘यस वर्ष पनि बेमौसमी वर्षा चलिरहेको छ धान उत्पादन घट्ने वा बढ्ने केही दिनपछि मात्रै थाहा हुन्छ ।’ जिल्लामा ४८ हजार आठ सय ९६ हेक्टर जमिनमा धान खेती गरिँदै आएको उक्त कार्यालयले जनाएको छ ।

jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.