• Trending:

यो मेरो अन्तिम निर्वाचन हो : नेता केसी

यो मेरो अन्तिम निर्वाचन हो : नेता केसी

Economist Nepal

Mon, Asoj 24 2079

यो मेरो अन्तिम निर्वाचन हो : नेता केसी


२४ आश्विन २०७९, सोमबार

Arjun narashinga kc

नुवाकोट । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नुवाकोट क्षेत्र नं २ का उम्मेदवार अर्जुननरसिंह केसीले यो निर्वाचन आफ्नो लागि अन्तिम भएको बताएका छन् । नेपाल प्रेस युनियनले आज विदुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले आगामी कुनै पनि निर्वाचनमा आफू उम्मेदवार नहुने बताएका छन् ।

‘यो मेरो अन्तिम निर्वाचन हो । फेरि म लड्न पनि सक्तिन होला । योभन्दा अघिल्लो निर्वाचनमा अन्तिम भनेको रहेछ भने त्यो होइन, यो चाहीँ अन्तिम हो’, उम्मेदवार केसीले भने ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

उनले पार्टीलाई लोकतान्त्रिक विधि तथा प्रक्रियामा अघि बढाउन र युवाको नेतृत्व पार्टीभित्र र बाहिर सुरक्षित गराउनको लागि निर्वाचनमा होमिएको बताए । संसदमा राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयमा बोल्न सक्ने, जनताको समस्यालाई संसदमा प्रभावकारी रुपमा लैजान सक्ने आफू मात्र भएको नेता केसीले जिकिर थियो ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.