• Trending:

बासुदेव घिमिरे भए रुपन्देही–५ मा एमालेको आधिकारिक उम्मेदवार

बासुदेव घिमिरे भए रुपन्देही–५ मा एमालेको आधिकारिक उम्मेदवार

Economist Nepal

Mon, Asoj 24 2079

बासुदेव घिमिरे भए रुपन्देही–५ मा एमालेको आधिकारिक उम्मेदवार


२४ आश्विन २०७९, सोमबार

khimlal bashu GNvBsyZkeP

भैरहवा । एउटै निर्वाचन क्षेत्रमा दुई जनालाई नेकपा एमालेले सिफारिस दिएपछि अन्योल बनेको रुपन्देही– ५ मा बासुदेव घिमिरेले आधिकारिकता पाएका छन् ।

प्रतिनिधिसभा सदस्यका लागि आइतबार भएको मनोनयन दर्तामा एमालेबाट क्षेत्र नम्बर ५ को प्रतिनिधिसभाका लागि घिमिरे र खिमलाल भट्टराईले सिफारिस पाएका थिए । शनिबारसम्म सो क्षेत्रमा कसले चुनाव लड्ने भन्ने निधो नभएपछि भट्टराईलाई समेत सिफारिस दिइएको थियो ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

एउटै पार्टीका दुई जनाको उम्मेदवारी दर्ता भएपछि पहिला दर्ता गराउनेले आधिकारिता पाउने निर्वाचन निर्देशिका २०७९ मा उल्लेख भएबमोजिम घिमिरेलाई आधिकारिकता दिएको निर्वाचन अधिकृत चिन्तामणि शर्माले जानकारी दिए ।
घिमिरेले दिउँसो साढे ३ बजे र भट्टराईले पौने ५ बजे उम्मेदवारी दर्ता गराएका थिए ।

city
ncll 2
bashudev ghimire
बासुदेव घिमिरे

निर्देशिकामा प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका २०७९ को दफा १९ को (९) बमोजिम दलले उम्मेदवारलाई औपचारिक पत्र प्रदान गर्दा एउटै पदमा एकभन्दा बढी व्यक्तिका लागि औपचारिक पत्र प्रदान गरेको आधारमा एकभन्दा बढी उम्मेदवारको मनोयनपत्र पेस भएमा पहिले मनोनयनपत्र दर्ता गर्ने व्यक्तिको मनोनयनपत्र कायम हुने उल्लेख छ ।

jagdamba.cement
nepal liquors

निर्वाचन अधिकृत शर्माले निर्वाचन ऐन तथा निर्देशिकाअनुसार पहिलो पटक दर्ता भएका घिमिरेलाई आधिकारिता प्रदान गरिएको बताए । घिमिरे तिलोत्तमा नगरपालिकाका पूर्व मेयर हुन् । भट्टराई राष्ट्रिय सभा सदस्यबाट राजीनामा दिएर मनोनयन दर्ता गर्न गएका थिए ।

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.