• Trending:

मुलुक आम निर्वाचनमा, ‘विप्लव’ नेतृत्वको नेकपा भने नवौं महाधिवेशनमा

मुलुक आम निर्वाचनमा, ‘विप्लव’ नेतृत्वको नेकपा भने नवौं महाधिवेशनमा

Economist Nepal

Tue, Asoj 25 2079

मुलुक आम निर्वाचनमा, ‘विप्लव’ नेतृत्वको नेकपा भने नवौं महाधिवेशनमा

कपिलवस्तुमा आजबाट शुरु हुने महाधिवेशनले आम निर्वाचनबारे धारणा बनाउने


२५ आश्विन २०७९, मंगलवार

biplaw prakanda

काठमाडौ । मुलुक आम निर्वाचनमा होम्मिरहँदा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई भने पार्टी महाधिवेशन लागेको छ ।

चन्द नेतृत्वको नेकपाको नवौं राष्ट्रिय महाधिवेशन आज (मंगलबार) देखि कपिलवस्तुको शिवगढीमा शुरु हुँदैछ । काठमाडौंमा हुने भनिएको महाधिवेशनको मिति र स्थान फेर्दै सो पार्टीले कपिलवस्तुमा महाधिवेशन गर्न लागेको हो । कपिलवस्तु चन्दको गृह जिल्ला पनि हो

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

सो महाधिवेशनको उद्घाटन नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले गर्नेछन । दिउँसो १२ बजे नवनिर्मित पार्टी केन्द्रीय कार्यालयमा विप्लवले सम्बोधन गर्ने सो महाधिवेशनका लागि देशभरबाट प्रतिनिधि पर्यवेक्षक कपिलवस्तु आउने क्रममा जारी रहेको छ । सो महाधिवेशनमा कति प्रतिनिधि रहने छन् ? त्यो भने खुलाइएको छैन ।

city
ncll 2

पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेकपा माओवादी केन्द्रवाट अलग्गिएर मोहन बैद्य नेतृत्वको क्रान्तिकारी माओवादीमा लागेको चन्द सो पार्टी पनि बिभाजन गरी नेकपा गठन गरेका थिए । तीन बर्ष अघि शान्ति प्रक्रियामा आएका चन्दको पार्टी पनि बिभाजन भएपछि पहिलो पटक नयाँ कार्यदिशा निर्माण गर्ने तथा ४ मंसिरमा हुन गईरहेको निर्वाचनका बारेमा धारणा बनाउने भएकाले चासोको रुपमा हेरिएको छ ।

jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.