• Trending:

सत्ता गठबन्धनका शीर्ष नेताको बैठक बस्दै

सत्ता गठबन्धनका शीर्ष नेताको बैठक बस्दै

Economist Nepal

Tue, Asoj 25 2079

सत्ता गठबन्धनका शीर्ष नेताको बैठक बस्दै


२५ आश्विन २०७९, मंगलवार

jasapa 4 mantri pad dharap

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा) का मन्त्रीहरुलाई हटाउने तयारी अगाडि बढाएका छन् । जसका लागि सत्ता गठबन्धन दलका शीर्ष नेताहरुको बैठक बस्ने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो २ बजे बैठक बोलाइएको छ ।

प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन र सत्ता साझेदार जनता समाजवादी पार्टी (जसपा) नेपालबारे छलफल गर्न बैठक बस्न लागेको हो । बैठकमा सत्ता गठबन्धनमा रहेका दलहरुबाट प्रतिनिधिसभा र प्रदेशसभामा परेको बागी उम्मेदवारी र जसपाबाट सरकारमा रहेका मन्त्रीहरुका बारेमा छलफल हुने बताइएको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

जसपाले सत्ता गठबन्धन छाडेर प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग चुनावी तालमेल गरेका कारण उक्त पार्टीका मन्त्रीहरुलाई राजीनामा दिन आग्रह गर्ने वा बर्खास्त गर्ने भन्ने बारेमा छलफल हुने बताइएको छ । एमालेसँग चुनावी तालमेलमा रहेको जसपाबाट प्रदीप यादव वन, मोहम्मद इस्तियाक राई भौतिक पूर्वाधार तथा यातायात, राजेन्द्र श्रेष्ठ संघीय मामिला तथा समान्य प्रशासन र मृगेन्द्रकुमार सिंह कृषिमन्त्री छन् ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.