• Trending:

काठमाडौंको १० क्षेत्रमा २६५ जनाको उम्मेदवारी, ३९ जना महिला

काठमाडौंको १० क्षेत्रमा २६५ जनाको उम्मेदवारी, ३९ जना महिला

Economist Nepal

Tue, Asoj 25 2079

काठमाडौंको १० क्षेत्रमा २६५ जनाको उम्मेदवारी, ३९ जना महिला


२५ आश्विन २०७९, मंगलवार

Nirbachan scaled

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनको लागि काठमाडौं जिल्लाको १० वटा निर्वाचन क्षेत्रमा विभिन्न दल र स्वतन्त्र गरी २६५ जनाले उम्मेदवारी दिएका छन् । निर्वाचन आयोगका अनुसार उम्मेदवारी दिनेमा २२६ जना पुरुष र ३९ जना महिला रहेका छन् ।

काठमाडौं क्षेत्र नं.१ मा २२ जना पुरुष र १० जना महिला गरी कुल ३२ जनाको उम्मेदवारी परेको छ । काठमाडौं क्षेत्र नं.२ मा २६ जना पुरुष र ५ जना महिला गरी कुल ३१ जनाले उम्मेदवारी दिएका छन् । काठमाडौं क्षेत्र नं.३ मा २१ जना पुरुष र ३ जना महिला गरी कुल २४ जनाको उम्मेदवारी परेको छ । काठमाडौं क्षेत्र नं.४ मा ३३ जना पुरुष र २ जना महिला गरी कुल ३५ जनाले उम्मेदवारी दिएका छन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

यस्तै, काठमाडौं क्षेत्र नं.५ मा २६ जना पुरुष र ४ जना महिला गरी कुल ३० जनको उम्मेदवारी परेको छ । काठमाडौं क्षेत्र नं.६ मा २३ जना पुरुष र १ जना महिला गरी कुल २४ जना उम्मेदवार मैदानमा उत्रेका छन् ।

city
ncll 2

निर्वाचन आयोगका अनुसार काठमाडौं क्षेत्र नं.७ मा २४ जना पुरुष र ५ जना महिला गरी कुल २९ जनाले उम्मेदवारी दिएका छन् । काठमाडौं क्षेत्र नं.८ मा १७ जना पुरुष र २ जना महिला गरी १९ जनाको उम्मेदवारी परेको छ ।

jagdamba.cement
nepal liquors

यसैगरी काठमाडौं क्षेत्र नं.९ मा १७ जना पुरुष र ५ जना महिला गरी २२ जनाको उम्मेदवारी परेको आयोगले जनाएको छ । काठमाडौं क्षेत्र नं.१० मा १७ जना पुरुष र २ जना महिला गरी कुल १९ जनाको उम्मेदवारी परेको छ ।

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.