• Trending:

११ बर्षीया बालिकालाई डेरामै गएर बलात्कार गरेको आरोपमा युवक पक्राउ

११ बर्षीया बालिकालाई डेरामै गएर बलात्कार गरेको आरोपमा युवक पक्राउ

Economist Nepal

Tue, Asoj 25 2079

११ बर्षीया बालिकालाई डेरामै गएर बलात्कार गरेको आरोपमा युवक पक्राउ


२५ आश्विन २०७९, मंगलवार

Rape

भक्तपुर । भक्तपुरमा बालिका बलात्कारको आरोपमा एक जना पक्राउ परेका छन् । रातको समयमा ११ वर्षीया बालिका सुतिरहेको अवस्थामा कोठामा गएर बलात्कार गरेको आरोपमा नुवाकोट बेलकोटगढी नगरपालिका–१३ घर भई हाल काठमाडौँ बौद्ध बस्ने वर्ष ३५ को रामबहादुर सुनारलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

आरोपी सुनारलाई मंगलबार पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत राजु पाण्डेले जानकारी दिए । उनका अनुसार सुनारलाई प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

सूर्यविनायक नगरपालिका–२ बालकोटमा डेरामा आफ्ना अभिभावकसँग बस्दै आएकी बालिकालाई निजकै डेरा कोठामा गई जबरजस्ती करणी गरेको कसुरमा सुनारलाई पक्राउ गरिएको उनले जानकारी दिए । सुनारलाई नियन्त्रणमा लिई प्रहरी वृत्त ठिमीबाट थप अनुसन्धान कार्य भइरहेको सूचना अधिकृत पाण्डेले जानकारी दिए ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.