• Trending:

एकै दिन ८८ हजार बढीले लगाए कोभिडविरुद्धको खोप

एकै दिन ८८ हजार बढीले लगाए कोभिडविरुद्धको खोप

Economist Nepal

Tue, Asoj 25 2079

एकै दिन ८८ हजार बढीले लगाए कोभिडविरुद्धको खोप


२५ आश्विन २०७९, मंगलवार

corona khop 1

काठमाडौं । आज (मंगलबार) एकै दिन देशभरबाट ८८ हजार छ सय ६६ ले कोभिड विरुद्धको खोप लगाएका छन् । देशभर पछिल्लो २४ घण्टामा थप ४५ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ । सो अवधिमा दुई हजार दुई सय २२ जनाको नमूना परीक्षण गरिएको थियो । पाँच सय ७९ जनाले पिसीआर र एक हजार छ सय ४३ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज २९ जना कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन् । यससँगै सङ्क्रमण मुक्त हुनेको संख्या नौ लाख ८७ हजार तीन सय ५३ पुगेको छ । सङ्क्रमण मुक्त हुने दर ९८ दशमलव सात प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच सय ७५ रहेको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १२ हजार १८ पुगेको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

हालसम्म ७६ जिल्लामा डेङ्गु फैलिसकेको मन्त्रालयले जनाएको छ । साउनदेखि यता ३३ हजार नौ सय ७५ सम्भावित डेङ्गु रोगी भेटिएको र यो रोगका कारण हालसम्म ४४ को मृत्यु भइसकेको छ ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.