• Trending:

रुकुम पश्चिममा कांग्रेस प्रेमप्रकाश ओलीको उम्मेदवारी खारेज

रुकुम पश्चिममा कांग्रेस प्रेमप्रकाश ओलीको उम्मेदवारी खारेज

Economist Nepal

Tue, Asoj 25 2079

रुकुम पश्चिममा कांग्रेस प्रेमप्रकाश ओलीको उम्मेदवारी खारेज


२५ आश्विन २०७९, मंगलवार

ummedawari2022 10 11 06 24 50

रुकुम पश्चिम । बैंकिङ कसुरमा दोषी ठहर भएका नेपाली कांग्रेस रुकुम पश्चिमका सभापति समेत रहेका प्रेमप्रकाश ओलीको उम्मेदवारी खारेज भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले मंगलबार सार्वजनिक गरेको दाबी विरोधपछि सार्वजनिक गरिएको उम्मेदवारहरूको नामावलीमा उनको नाम नराखिएको हो ।

जिल्लाको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर (ख) मा उम्मेदवारी दिएका ओलीको उम्मेदवारीमा दाबी विरोध परेको थियो । जस क्रममा उनलाई बैंकिङ कसुरमा दोषी पाइएपछि उनको उम्मेदवारी खारेज भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

बैंकिङ कसुरमा दोषी ठहरिएकाले उनको उम्मेदवारी खारेज भएको मुख्य निर्वाचनको अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत कृतबहादुर बोहराले जानकारी दिए। प्रदेश सभा (ख) तर्फ गठबन्धनका उम्मेदवार राजकुमार शर्माका तर्फबाट ओलीको उम्मेदवारीमा दाबी विरोध परेको थियो ।

city
ncll 2

अन्य कुनै पनि उम्मेदवारविरुद्ध भने दाबी विरोध नपरेको बोहराले बताए । ओलीविरुद्ध उच्च अदालत सुर्खेतले गत वर्ष चेक अनादर गरेको ठहर गर्दै बिगो भराउने र एक महिनासम्मको कैद सजायको फैसला गरेको थियो । रुकुम पश्चिमकै सानीभेरी गाउँपालिका १, का सुदीप विकले दायर गरेको मुद्दामा २०७८ असार १६ गते फैसला गर्दै अदालतले ७ लाख २३ हजार ७ सय ५० बिगो तिर्न र एक महिना कैद सजाय तोकेको थियो ।

jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.