• Trending:

रेशमको उम्मेदवारी खारेजीपछि उन्मुक्ति पार्टीले उनका बुबालाई सघाउँदै

रेशमको उम्मेदवारी खारेजीपछि उन्मुक्ति पार्टीले उनका बुबालाई सघाउँदै

Economist Nepal

Wed, Asoj 26 2079

रेशमको उम्मेदवारी खारेजीपछि उन्मुक्ति पार्टीले उनका बुबालाई सघाउँदै

Naya Page

रेशमको उम्मेदवारी खारेजीपछि उन्मुक्ति पार्टीले उनका बुबालाई सघाउँदै

काठमाडौं । रेशमलाल चौधरीको उम्मेदवारी खारेज भएपछि नागरिक उन्मुक्ति पार्टीले रेशमका बुबा लालवीर चौधरीलाई समर्थन गर्ने भएको छ ।

टीकापुर घटनामा दोषी ठहर भएर सजाय भोगिरहेकाले रेशमलाल चौधरीले वारेसमार्फत बर्दिया–२ मा दर्ता गराइएको उम्मेदवारी असोज २५ गते खारेज भएको थियो । रेशमले आफ्नै श्रीमती रन्जिता श्रेष्ठ चौधरी अध्यक्ष रहेको नागरिक पार्टीबाट उम्मेदवारी दिएका थिए ।

आफ्नो पार्टीले रेशमका बुबा लालवीरलाई समर्थन गर्ने नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष श्रेष्ठले जानकारी दिएकी छन् । लालवीरले स्वतन्त्र उम्मेदवारी दिएका छन् । २०७४ को निर्वाचनमा लालवीर नेकपा (एमाले) कैलाली–१ मा प्रदेश सभा सदस्य उम्मेदवार थिए । त्यस्तै लक्ष्मण थारूको उम्मेदवारी खारेज भएपछि कैलाली–५ मा नागरिक उन्मुक्ति पार्टीले स्वतन्त्र उम्मेदवार जगदीश चौधरीलाई समर्थन गर्ने भएको छ । टीकापुर घटनामा दोषी ठहर भएका थारू फरार सूचीमा छन् ।

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.