• Trending:

अनुमति नलिई ड्रोन उडाउनेलाई गृहले कारवाही गर्ने

अनुमति नलिई ड्रोन उडाउनेलाई गृहले कारवाही गर्ने

Economist Nepal

Wed, Asoj 26 2079

अनुमति नलिई ड्रोन उडाउनेलाई गृहले कारवाही गर्ने


२६ आश्विन २०७९, बुधबार

DroneTA GettyImages 599365398
सांकेतिक तस्वीर

काठमाडौं । सम्बन्धित निकायबाट अनुमति नलिई मानवरहित हवाई उपकरण (ड्रोन) उडाउने व्यक्तिलाई गृह मन्त्रालयले कारवाही गर्ने भएको छ ।

केही व्यक्ति तथा निकायले ‘मानवरहित हवाई उपकरण उडान सम्बन्धी कार्यविधि, २०७५’ विपरित अनुमति नलिई ड्रोन उडाएको सूचना प्राप्त भएपछि गृहले एक विज्ञप्ति जारी गर्दैै कारवाही गर्ने बताएको हो ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

‘कार्यविधि पालना नगरी ड्रोन उडान गरेमा कानून बमोजिम कारवाही हुने भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ,’ गृह मन्त्रालयले भनेको छ । अति आवश्यक प्रयोजनाको लागि ड्रोनको प्रयोग गर्नु परेमा दुई किलो तौलसम्मको लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएर मात्र उडाउन सकिने गृहले जनाएको छ । दुई किलो तौलभन्दा बढीको ड्रोन उडाउन परेमा गृह मन्त्रालयबाट अनुमति लिनुपर्ने विज्ञप्तिमा उल्लेख छ ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.