• Trending:

झरी रोकिएपछि एक हप्तापछि पश्चिमी क्षेत्रको मौसममा सुधार

झरी रोकिएपछि एक हप्तापछि पश्चिमी क्षेत्रको मौसममा सुधार

Economist Nepal

Wed, Asoj 26 2079

झरी रोकिएपछि एक हप्तापछि पश्चिमी क्षेत्रको मौसममा सुधार


२६ आश्विन २०७९, बुधबार

sky clear

काठमाडौं । पश्चिमी क्षेत्रमा झण्डै एक हप्तासम्म परेको झरी रोकिएपछि आजबाट मौसममा सुधार भएको छ । बाढी र डुबानका कारण प्रभावित भएका मुलुकको पश्चिमी क्षेत्रमा आज बिहानैदेखि घाम लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज बिहानैदेखि पश्चिमी क्षेत्रमा घाम लागेको भए पनि मनसुनी प्रणाली कायमै रहेकाले दिउँसो र बेलुकीपख भने क्षणिक वर्षाको सम्भावना रहेको मौसमविद् वरुण पौडेलले जानकारी दिए । उनका अनुसार तराईमा अब डुबान हुने गरी र बाढी आउने गरी वर्षाको सम्भावना भने हटेको छ । पश्चिमी क्षेत्रका पहाडी जिल्लामा भने झरीले जमिन गलिसकेकाले पहिरोको जोखिम हुनसक्ने पनि मौसमविद्हरुले जनाएका छन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज, बिहीबार र शुक्रबार दिउँसो तथा बेलुकाको समयमा मौसम बद्ली भई क्षणिक वर्षा हुन सक्नेछ । आउँदो शनिबारदेखि भने पश्चिमी क्षेत्रसहित देशभरको मौसम पूर्ण रुपमा खुला रहने सो महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मनसुनको अन्तिमतिर भएको ठूलो वर्षाका कारण यसपटक पश्चिमी क्षेत्रमा धेरै असर परेको छ । नेपालमा मनसुनको अवधि गएको दुई तारिख अर्थात् १६ गतेसम्म मात्रै रहने भनिए पनि त्यसको एक–दुई दिनपछि ठूलो पानी पर्न थालेको थियो ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.