• Trending:

आगामी निर्वाचनमा भाग लिन दर्ता भएका ८६ दलमध्ये ५७ मात्र प्रत्यक्षमा

आगामी निर्वाचनमा भाग लिन दर्ता भएका ८६ दलमध्ये ५७ मात्र प्रत्यक्षमा

Economist Nepal

Wed, Asoj 26 2079

आगामी निर्वाचनमा भाग लिन दर्ता भएका ८६ दलमध्ये ५७ मात्र प्रत्यक्षमा


२६ आश्विन २०७९, बुधबार

Nirbachan scaled

काठमाडौं । आगामी मंसिर ४ गने हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भाग लिने प्रयोजनका लागि निर्वाचन आयोगमा ८६ दल दर्ता भए पनि ५७ दलले मात्र प्रत्यक्षतर्फ उम्मेदवारी दिएका छन् ।

प्रतिनिधिसभातर्फ ५७ दलले उम्मेदवारी दिएको आयोगले जनाएको छ । प्रदेशसभातर्फ भने प्रत्येक प्रदेशमा प्रत्यक्षतर्फ उम्मेदवारी दिने दलको संख्या फरक छ । प्रदेश एकमा ३०, मधेशमा ३७, वाग्मतीमा ३२, गण्डकीमा २३, लुम्बिनीमा २५, कर्णालीमा १६ र सुदूरपश्चिममा २० दलले प्रदेशसभातर्फ प्रत्यक्षतर्फ उम्मेद्वारी दिएका छन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

आयोगमा दर्ता भएका दलको सङ्ख्या भने एक सय १६ रहेको सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए । दर्ता भएका सबै दलले आगामी निर्वाचनमा भाग नलिने पनि उनले बताए । विसं २०७४ को निर्वाचनमा प्रत्यक्षतर्फ ५५ दलले भाग लिएका थिए ।

city
ncll 2

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आगामी मंसिर ३ गते १८ वर्ष पूरा हुनेले मतदान गर्न पाउनेछन् । त्यसका लागि मतदातासँग परिचय पत्र हुन आवश्यक छ । आगामी मंसिर ३ गतेसम्म १८ वर्ष पूरा हुने समेत एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० जनाले मतदान गर्न पाउने आयोगले जनाएको छ । जसमा ९१ लाख ४० हजार आठ सय ६ पुरुष, ८८ लाख ४७ हजार पाँच सय ७९ महिला र एक सय ८५ अन्य मतदाता रहेका छन् ।

jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.