• Trending:

चितवन–३ मा एमालेको उम्मेदवारी फिर्ता, कांग्रेसका बागीलाई समर्थन

चितवन–३ मा एमालेको उम्मेदवारी फिर्ता, कांग्रेसका बागीलाई समर्थन

Economist Nepal

Wed, Asoj 26 2079

चितवन–३ मा एमालेको उम्मेदवारी फिर्ता, कांग्रेसका बागीलाई समर्थन


२६ आश्विन २०७९, बुधबार

Chitwan 3 Bagi

चितवन । चितवन क्षेत्र नं. ३ मा प्रतिनिधिसभामा उम्मेदवारी दिएका नेकपा (एमाले) का उम्मेदवार रामप्रसाद न्यौपानेले कांग्रेसका बागी उम्मेदवार दिनेश कोइरालालाई समर्थन गर्ने गरी उम्मेदवारी फिर्ता गरेका छन् ।

नेकपा एमालेको केन्द्रले नै न्यौपानेको उम्मेदवारी फिर्ता लिने निर्णयसहितको पत्र पठाएको चितवन क्षेत्र नम्बर ३ का निर्वाचन अधिकृत हरिसिंह धामीले जानकारी दिएका छन् । ‘चितवन निर्वाचन ३ मा एक बजेअघि एमालेको केन्द्रिय कार्यालयले रामप्रसाद न्यौपानेको उमेद्वारी फिर्ता लिने पत्र पठाएको छ,’ उनले भने, ‘बाँकी निर्णय हामीले तीन बजेभित्र प्रकाशन गदैछौं ।’

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

यहाँ गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का डा.भोजराज अधिकारी, राप्रपा नेपालका उपाध्यक्ष विक्रम पाण्डे तथा नेपाली काँग्रेसका केन्द्रिय सदस्य दिनेश कोइरालाको स्वतन्त्र उम्मेदवारी परेको छ । नेकपा एमालेले कोइरालालाई सघाउने गरि उम्मेदवारी फिर्ता लिएको बुझिएको छ ।

city
ncll 2

तर, यस विषयमा केन्द्रिय कार्यालयमा बुझ्ने प्रयासमा रहेको नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य देवि ज्ञवालीले जानकारी दिए । ‘फिर्ता भयो भन्ने मैले सुनेको छु । के कारणले फिर्ता भएको छ मैले केन्द्रसँग बुझ्दै छु’, उनले भने । चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभाबाट २१ जनाले उम्मेदवारी दिएका थिए ।

jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.