• Trending:

स्वतन्त्र उम्मेदवारी फिर्ता गराउन प्रहरी परिचालन

स्वतन्त्र उम्मेदवारी फिर्ता गराउन प्रहरी परिचालन

Economist Nepal

Wed, Asoj 26 2079

स्वतन्त्र उम्मेदवारी फिर्ता गराउन प्रहरी परिचालन


२६ आश्विन २०७९, बुधबार

police madhesh

बारा । बारा ४ (क) मा स्वतन्त्र उम्मेदवारी दर्ता गराएकी नारायणी रायमाझी (निरु) को उम्मेदवारी फिर्ता गराउन प्रहरी परिचालन गरिएको छ । सता गठबन्धनका उम्मेदवारविरुद्ध परेको रायमाझीको उम्मेदवारी फिर्ता गराउन प्रहरी परिचालन गरिएपछि केहीबेर सिमराको एक होटल क्षेत्र तनावग्रस्त बन्यो ।

आफ्ना शुभेच्छुक माझ सिमराको एक होटलमा बसिरहेकी रायमाझीलाई लिन इलाका प्रहरी कार्यालय सिमराका डिएसपी युवराज तिमल्सिनाको टोली पुगेको थियो । डिएसपी तिमल्सिनाले आफूहरूलाई रायमाझी अपहरणमा परेको सूचना आएकाले आफूसँग हिंड्न आग्रह गरेका थिए । रायमाझीका समर्थकको अवरोधपछि डिएसपी तिमल्सिनाको टोली करिब आधा घण्टापछि होटलबाट फर्किएको थियो ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

सत्तारुढ दलका शीर्ष नेताबाट उम्मेदवारी फिर्ता गराउन भएको प्रयास असफल भएपछि प्रहरी समेत परिचालन गरिएको र आफ्नो अपहरण नभएको उम्मेदवार रायमाझीले बताइन । रायमाझी नेपाली कांग्रेस नेतृ हुन् ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.