• Trending:

एमालेका बागी उम्मेदवार एकबहादुर श्रेष्ठले दिए पार्टीबाटै राजीनामा

एमालेका बागी उम्मेदवार एकबहादुर श्रेष्ठले दिए पार्टीबाटै राजीनामा

Economist Nepal

Wed, Asoj 26 2079

एमालेका बागी उम्मेदवार एकबहादुर श्रेष्ठले दिए पार्टीबाटै राजीनामा


२६ आश्विन २०७९, बुधबार

eak bahadur bara amale

बारा । नेकपा एमालेका मधेस प्रदेश सदस्य एकबहादुर श्रेष्ठले पार्टी परित्याग गरेका छन् । साबिक निजगढ गाउँपालिकाका अध्यक्ष समेत रहेका उनलाई पार्टीले प्रदेश सभाको टिकट नदिएपछि बारा–१ ’क’ बाट स्वतन्त्र उम्मेदवारी दिएका श्रेष्ठले बुधबार पार्टीको साधारण सदस्यबाट समेत राजीनामा दिएका छन् ।

पार्टीले स्थानीय नेता–कार्यकर्ता र जनभावना विपरित टिकट दिएको भन्दै उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनीसँगै उनलाई प्रस्तावक र समर्थकका रुपमा रहेका यमबहादुर खड्का नारयण र गोपालप्रसाद लम्सालले समेत पार्टीको साधारण सदस्यबाट समेत राजीनामा दिएका छन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

एमाले पार्टीबाट त्रिलेकी चौधरीलाई प्रदेशसभाको टिकट दिएपछि एकबहादुर श्रेष्ठका नेता–कार्यकर्ता रुष्ट बनेका छन् । यसअघि श्रेष्ठले स्थानीय तहको निर्वाचनमा समेत स्वतन्त्र उम्मेदवारी मनोनयन दर्ता गराएका थिए ।

city
ncll 2
rg
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.