• Trending:

दाङ–१ मा तीन सहकर्मीबीच प्रतिस्पर्धा, गंगा चौधरीले लिइनन् उम्मेदवारी फिर्ता

दाङ–१ मा तीन सहकर्मीबीच प्रतिस्पर्धा, गंगा चौधरीले लिइनन् उम्मेदवारी फिर्ता

Economist Nepal

Wed, Asoj 26 2079

दाङ–१ मा तीन सहकर्मीबीच प्रतिस्पर्धा, गंगा चौधरीले लिइनन् उम्मेदवारी फिर्ता


२६ आश्विन २०७९, बुधबार

Metmani santa ganga

दाङ । दाङ क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि तीन जना पूर्व सहकर्मीबीच प्रतिस्पर्धा हुने भएको छ ।
सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका मेटमणि चौधरी, नेकपा एमालेबाट शान्ता चौधरी र एमाले छाडेर हाम्रो नेपाली पार्टीबाट उम्मेदवार बनेकी गंगा चौधरीबीच प्रतिस्पर्धा हुने भएको हो ।

उनीहरू तीनै जना यसअघि एमालेमा रहेर सक्रिय राजनीति गरेका हुन् । मेटमणि चौधरी एमाले विभाजन हुँदा एकीकृत समाजवादीतर्फ लागेका हुन् भने एमालेबाट शान्ता चौधरीले टिकट पाएपछि गंगा चौधरीले हाम्रो नेपाली पार्टीबाट उम्मेदवारी दिएकी हुन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

उम्मेदवारी फिर्ता लिने समय आज बुधवार दिउँसो १ बजेसम्म रहेकोमा उनीहरूमध्ये कसैले पनि फिर्ता नलिएपछि तीन जना सहकर्मीबीच प्रतिस्पर्धा निश्चित बनेको हो । शान्ता र मेटमणि चौधरी थारु समुदायको आन्दोलनमा पनि सहकार्य गरेका नेता हुन् ।

city
ncll 2

गठबन्धनबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका उम्मेदवार मेटमणिलाई माओवादी, कांग्रेस, जनमोर्चालगायतका पाँच दलको साथ छ भने एमालेकी शान्ता चौधरी एक्लै होमिएकी छन् । गंगाको दल हाम्रो नेपाली पार्टी भर्खरै खुलेको दल हो ।
२०७४ मा मेटमणि निर्वाचित भएका थिए । आफ्नै निर्वाचन क्षेत्रमा भएकाले उनलाई शान्ता भन्दा केही सहज देखिन्छ । शान्ता भने क्षेत्र परिवर्तन गरेर त्यहाँ पुगेकी हुन् । उनको निर्वाचन क्षेत्र २ हो ।

jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.