• Trending:

बाढी-पहिरोका कारण कर्णालीका ७१५ परिवार विस्थापित

बाढी-पहिरोका कारण कर्णालीका ७१५ परिवार विस्थापित

Economist Nepal

Thu, Asoj 27 2079

बाढी-पहिरोका कारण कर्णालीका ७१५ परिवार विस्थापित


२७ आश्विन २०७९, बिहीबार

Vijayraut Jumla RSS 26 1665502060739

सुर्खेत । पाँच दिनको लगातारको वर्षापछिको बाढी पहिरोका कारण कर्णाली प्रदेशभर ७१५ घर परिवारका चार हजारभन्दा धेरै व्यक्ति विस्थापित भएका छन् ।

प्रहरीको तथ्याङ्कअनुसार ७१५ घरपरिवारका चार हजार १०५ जना विस्थापित भएका हुन् । सबैभन्दा धेरै मुगुका दुई सय १४ घर परिवारका एक हजार १०२ जना विस्थापित भएका छन् भने सबैभन्दा कम जाजरकोटका र रुकुमपश्चिममा तीन÷तीन घरपरिवारका ३० जना व्यक्ति विस्थापित भएका प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
badhi 2

सुर्खेतका आठ घरपरिवारका ४५ जना, दैलेखका २४ घरपरिवारका ९१ जना, सल्यानका ६० घरपरिवारका २२१ जना, जुम्लामा १८७ घरपरिवारका एक हजार १६६ जना विस्थापित भएक प्रदेश प्रहरी कार्यालय कर्णाली प्रदेशका सूचना अधिकारी माधवप्रसाद श्रेष्ठले जानकारी दिए ।

city
ncll 2

कालीकोटमा १६७ घर परिवारका एक हजार २६९ जना, हुम्लाका ४५ घरपरिवारका १८१ जना विस्थापित भएका छन् भने डोल्पामा चार घरपरिवार विस्थापित भएका छन् । प्रहरीका तथ्याङ्कअनुसार मृतकको सङ्ख्या ३६ पुगेको छ ।
राहत र उद्धारका लागि एक हजार ९३८ प्रहरी खटाइएको सूचना अधिकार श्रेष्ठले जानकारी दिए । प्रतिकूल मौसमका कारण लिइएको राहत सामग्री प्रभावित व्यक्तिलाई वितरण गर्न नसकिएको जनाइएको छ । रासस

jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.