• Trending:

असोज ३१ सम्म उम्मेदवारी निष्क्रिय गरे कारबाही फुकुवा

असोज ३१ सम्म उम्मेदवारी निष्क्रिय गरे कारबाही फुकुवा

Economist Nepal

Thu, Asoj 27 2079

असोज ३१ सम्म उम्मेदवारी निष्क्रिय गरे कारबाही फुकुवा


२७ आश्विन २०७९, बिहीबार

sanepa congress

काठमाडौं । नेपाली कांग्रेसले संघ तथा प्रदेश सभामा सत्तारूढ गठबन्धनका उम्मेदवारविरुद्ध बागी उठेकालाई ३१ असोजसम्म उम्मेदवारी निष्क्रिय पार्न आग्रह गरेको छ ।

बुधबार कांग्रेसले एक विज्ञप्ति जारी गर्दै सत्तागठबन्धनविरुद्ध बागी उम्मेदवार बन्नेलाई पार्टीबाट पाँच वर्षका लागि निष्कासन गर्ने निर्णय गरेको थियो । आज (बिहीबार) अर्को एक विज्ञप्ति जारी गर्दै कांग्रेसले ३१ असोजसम्म उम्मेदवारी निष्क्रिय बनाउने उम्मेदवारलाई कारबाही फुकुवा हुने जनाएको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

आज जारी विज्ञप्तिमा भनिएको छ, ‘तोकिएको मिति र समयभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएका त्यस्ता विद्रोही उम्मेदवारले पार्टीका आधिकारिक उम्मेदवार एवं गठबन्धन दलका आधिकारिक उम्मेदवारलाई विजयी बनाउन पूर्ण रूपमा सक्रिय रहने प्रतिबद्धतासहित ०७९ असोज ३१ गतेभित्र सार्वजनिक रूपमा वक्तव्य प्रकाशित गरी आफ्नो उम्मेदवारी निष्क्रिय गराएमा त्यस्ता विद्रोही उम्मेदवार तथा तिनका प्रस्तावक र समर्थकउपरको कारबाही पार्टी केन्द्रले आवश्यक प्रक्रिया पुर्‍याई फुकुवा गर्ने व्यहोरा सम्बन्धित सबैलाई निर्देशानुसार जानकारी गराइन्छ ।’

city
ncll 2
big
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.