• Trending:

जसपाका चारै जना मन्त्री बर्खास्त

जसपाका चारै जना मन्त्री बर्खास्त

Economist Nepal

Thu, Asoj 27 2079

जसपाका चारै जना मन्त्री बर्खास्त

कानुन मन्त्रालयको कार्यभार सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई


२७ आश्विन २०७९, बिहीबार

jasapa 4 mantri pad dharap

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा) का चारै जना मन्त्रीलाई बर्खास्त गरेका छन् । जसपा अध्यक्ष उपेन्द्र यादवले आगामी मंसिर ४ गतेको निर्वाचनका लागि सत्ता गठबन्धन छाडेर नेकपा एमालेसँग तालमेल गरेसँगै मन्त्रीहरु बर्खास्तीमा परेका हुन् ।

प्रधानमन्त्री देउवाले भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राई, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, कृषि तथा पशुपंक्षी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादव र वन तथा वातावरणमन्त्री प्रदीप यादवलाई बिहीबार बर्खास्त गरेका हुन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

जसपाबाट उनीहरु गत असार २० गते मन्त्री भएका थिए । जसपाले पुराना मन्त्रीहरुलाई फिर्ता बोलाएर उनीहरुलाई त्यसबेला सरकारमा पठाएको थियो । त्यसैगरी २०७८ चैत २४ गते कानुन न्याय तथा संसदीय मामिला मन्त्री बनेका गैरसांसद गोविन्दप्रसाद शर्मा कोइरालाले ६ महिनाभित्र संसदको सदस्यता लिन नसकेपछि सरकारबाट बिदा भएका छन् ।
प्रधानमन्त्री देउवाले उनी बिदा भएपछि कानुन मन्त्रालयको कार्यभार सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सम्हाल्ने गरी तोकेका छन् ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.