• Trending:

बाढी–पहिरोले दैलेख चामुण्डाका ४० घरपरिवार विस्थापित, ९६ घरधुरी जोखिममा

बाढी–पहिरोले दैलेख चामुण्डाका ४० घरपरिवार विस्थापित, ९६ घरधुरी जोखिममा

Economist Nepal

Thu, Asoj 27 2079

बाढी–पहिरोले दैलेख चामुण्डाका ४० घरपरिवार विस्थापित, ९६ घरधुरी जोखिममा


२७ आश्विन २०७९, बिहीबार

chamunda.jpg

सुर्खेत । असोज १९ देखि लगातार परेको वर्षाले देशभर ठूलो धनजनको क्षति भएको छ । मुलुकभर परेको अविरल वर्षाका कारण यसपालिको दसैं कर्णालीवासीका लागि निकै पीडादायी बनेको छ ।

सर्वसाधारणले बल्लतल्ल दसैंको टीका लगाउन त भ्याए तर वर्षा, चिसो र हिलोका कारण देश विदेशबाट दसैं मनाउन घर आएकाहरूले परिवारमा बसेर आपसमा खुसी साट्ने अवस्था भएन । दसैंको टीकाकै दिन बिहानैदेखि पानी परेको थियो । यही पानीका कारण सर्वसाधारणले विपद्को सामना गर्नुपर्‍यो ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

अविरल बर्षातका कारण कर्णालीका विभिन्न स्थान जस्तै दैलेखमा पनि ठूलो क्षति भएको छ । चामुण्डाविन्द्रासैनी नगरपालिकाका विभिन्न वडा ४० घरपरिवार विस्थापित भएको छन् । नगरपालिकाका मेयर गणेशकुमार शाहीले वर्षातका कारण घर भत्किँदा ४० परिवार विस्थापित भएका छन् । उनीहरू आफन्तको घरमा आश्रय लिइरहेका छन् ।

city
ncll 2

मेयर शाहीका अनुसार ९६ घरधुरी उच्च जोखिममा छन् । विपद्का कारण पीडित परिवारजनहरुलाई सहयोगको लागि कर्णाली प्रदेश सरकार तथा नेपाल सरकार र दातृ निकायहरूसँग मेयर शाहीले सहयोगका लागि आह्वान समेत गरेका छन् ।

jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.