• Trending:

मधेश प्रदेशमा सत्ता गठबन्धनका मन्त्रीहरुले राजीनामा नदिने

मधेश प्रदेशमा सत्ता गठबन्धनका मन्त्रीहरुले राजीनामा नदिने

Economist Nepal

Fri, Asoj 28 2079

मधेश प्रदेशमा सत्ता गठबन्धनका मन्त्रीहरुले राजीनामा नदिने


२८ आश्विन २०७९, शुक्रबार

pradesh 2

जनकपुर । मधेश प्रदेश सरकारमा रहेका सत्ता गठबन्धन दल आवद्ध मन्त्रीहरुले पदबाट राजीनामा नदिने भएका छन् । बिहीबार साँझ मुख्यमन्त्री लालबाबु राउतले मन्त्रीहरुलाई फोन गरेर राजीनामा दिन आग्रह गरे पनि मन्त्रीहरुले राजीनामा नदिने मनस्थिति बनाएका हुन् ।

मुख्यमन्त्री राउतले नेपाली कांग्रेसबाट आवद्ध दलका मन्त्रीहरुलाई मात्रै फोन गरेर राजीनामा दिन भनेकाले आफूहरु राजीनामा नदिने निर्णयमा पुगेको कांग्रेसका एक मन्त्रीले बताए । प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसका मन्त्रीहरुलाई मात्रै फोन गर्न भनेकाले राजीनामा नगर्न निर्देशन दिएपछि मधेस प्रदेशका कांग्रेसी मन्त्रीहरु राजीनामा नदिने भएका हुन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

यता माओवादी केन्द्र तथा नेकपा एकीकृत समाजवादी पार्टीबाट आवद्ध मन्त्रीहरुलाई राजीनामा गर्नका लागि मुख्यमन्त्री राउतले फोन नगरेको सो दलका मन्त्रीहरुले जानकारी दिएका छन् । यद्यपि मुख्यमन्त्री राउत सत्ता गठबन्धन दलबाट आवद्ध मन्त्रीहरुले आज राजीनामा नदिए हटाउने तयारी गरिएको स्रोतले जानकारी दिएको छ ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.