• Trending:

सौगात, आर्यन र वर्षाको ‘लाखे’ १८ कात्तिकमा

सौगात, आर्यन र वर्षाको ‘लाखे’ १८ कात्तिकमा

Economist Nepal

Fri, Asoj 28 2079

सौगात, आर्यन र वर्षाको ‘लाखे’ १८ कात्तिकमा


Lakhe 1

काठमाडौं । सस्पेन्स थ्रीलर जनराको प्रतिक्षित चलचित्र ‘लाखे’ पूर्व निर्धारित भन्दा एक साता पर सरेको छ । फस्र्टलुक र ट्रेलरबाट चर्चा कमाएको फिल्म अब १८ कात्तिकमा दर्शकमाझ आउने छ ।

पहिला यो फिल्म ११ कात्तिकमा प्रदर्शन हुने तयारीमा थियो । तर सो मितिमा अभिनेताद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य अभिनित फिल्म ‘महापुरुष’ प्रदर्शन हुने भएकाले दिग्गजहरूको सम्मानमा आफूहरू एक सातापछि हटेको ‘लाखे’ टिमले जनाएको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

सम्राट बस्नेत निर्देशित फिल्ममा सौगात मल्ल, अनुपविक्रम शाही, अर्पण थापा, आर्यन अधिकारी, वर्षा राउत, रोहित रुम्वा, संजोग राणा, सुशील सिटौला, प्रशान्त ताम्राकार, रक्षा बुढाथोकी, कालु राना, सुगन तण्डुकार र बाल कलाकार सिस्टम भण्डारी मुख्य भूमिकामा छन् ।

city
ncll 2

पछिल्लो समय नेपाली फिल्मको ब्यापार राम्रो हुँदै गइरहेकाले एउटै मितिमा प्रतीक्षित दुईटा फिल्म प्रदर्शन गर्दा दर्शक बाँडिने तथा दुवै फिल्मलाई असर पर्ने देखेर आफूहरू एकसाता पछि गएको निर्माता डिपी भण्डारीले बताए ।

jagdamba.cement
nepal liquors

‘सिनीयर दाइहरूको सम्मान तथा सन्तुलित ब्यवसायको पद्धति बसाल्न हामी एक सातापछि गएका हौं । यसले दुवै फिल्मलाई फाइदा गर्ने विश्वास हाम्रो छ,’ निर्देशक सम्राट भन्छन्, ‘ठूलो बजेटका फिल्म एक आपसमा जुध्दा अन्ततः दुवैलाई घाटा हुन्छ । त्यसमाथि केही समयको ग्यापपछि हाम्रो आदरणीय दाइहरूको फिल्म आउँदैछ । त्यसैले हामी एक साता पर जान कत्ति पनि हच्किएनौं ।’

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.