• Trending:

एमाले सुदूपश्चिमले गर्‍यो पाँच बागीलाई पार्टीबाट निष्काशन

एमाले सुदूपश्चिमले गर्‍यो पाँच बागीलाई पार्टीबाट निष्काशन

Economist Nepal

Fri, Asoj 28 2079

एमाले सुदूपश्चिमले गर्‍यो पाँच बागीलाई पार्टीबाट निष्काशन


२८ आश्विन २०७९, शुक्रबार

amale 1

धनगढी । नेकपा एमाले सुदूरपश्चिम कमिटीले पार्टीले टिकट दिएका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएको भन्दै पाँच जनानेतालाई पार्टीबाट निष्काशन गरेको छ ।

सुदूरपश्चिम प्रदेश कमिटी सदस्यद्धय टेकबहादुर हमाल र खेम सुवेदीसहितका पाँच नेतालाई साधारण सदस्य समेत नहरने गरी निष्काशन गरेको प्रेस विज्ञप्तिमार्फत जनाईएको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

एमाले सुदूरपश्चिमका सचिव धर्मराज पाठकले जारी गरेको बिज्ञप्ति अनुसार प्रदेश कमिटी सदस्य हमाल र सुवेदीसहित केन्द्रीय सल्लाहकार परिषद्का सदस्य भक्तबहादुर अधिकारी, राष्ट्रिय मुक्ति समाजका केन्द्रीय सदस्य विजयसिंह मयाल र टेकबहादुर साउदलाई केन्द्रीय निर्देशनअनुसार सम्बन्धित कमिटीले पार्टीबाट निष्काशन गरेको हो ।

city
ncll 2

प्रदेश समिति सदस्य सुवेदीले कञ्चनपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर १, अधिकारीले क्षेत्र नम्बर १ को प्रदेशसभा (१), हमालले कञ्चनपुर २ को प्रदेशसभा (१) साउदले कञ्चनुर क्षेत्र नम्बर १ को प्रदेशसभा (२) र मयालले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा बागी उम्मेदवारी दिएका छन् ।

jagdamba.cement
nepal liquors
bagi

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.