• Trending:

मंसिरसम्म लम्बिँयो यी बस्तुको आयात प्रतिबन्ध

मंसिरसम्म लम्बिँयो यी बस्तुको आयात प्रतिबन्ध

Economist Nepal

Fri, Asoj 28 2079

मंसिरसम्म लम्बिँयो यी बस्तुको आयात प्रतिबन्ध


२८ आश्विन २०७९, शुक्रबार

electric vehical gadi birgunj bhansar 20200602002529
फाइल फोटो

काठमाडौं । सरकारले विदेशी ब्राण्डका महँगा रक्सी (मदिरा) सहित चार प्रकारका वस्तु आयातको प्रतिबन्ध थप लम्ब्याउने भएको छ ।

आज (शुक्रबार) उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले एक निर्णय गर्दै विदेशी मदिरा, महँगा गाडी (कार, जीप, भ्यान), १५० सिसी इन्जिन क्षमतामाथिका मोटरसाइकल र महँगा मोबाइल आयातको प्रतिबन्ध आगामी मंसिर २९ गतेसम्म जारी राख्ने निर्णय गरेको हो ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

मन्त्रालयका अनुसार २ सय डलरभन्दा बढी मूल्यका सेल फोन (मोबाइल सेटको आयातमा समेत कडाइ जारी राख्ने भएको छ । राष्ट्र बैंकको तथ्याङ्क अनुसार अर्थ मन्त्रालयले अझैपनि विदेशी मुद्राको सञ्चितिमा सुधार आउन नसकेको र दबाब कायमै रहिरहेको भन्ने सुझावका आधारमा विभागले अत्यावश्यक बाहेक अतिरिक्त वस्तुको आयात प्रतिबन्ध कायमै राख्ने निर्णय गरेको हो ।

city
ncll 2

यसअघि गत वैशाख १३ गते एक निर्णय गर्दै सरकारले अत्यावश्यक बाहेकका १० प्रकारका वस्तुहरूको आयातमा प्रतिबन्ध लगाएको थियो । पछि केही वस्तुको आयात प्रतिबन्ध खोले पनि महँगा विदेशी मदिरा, मोबाइल, मोटरसाइकल लगायत कार, जीप, भ्यानको आयातको प्रतिबन्ध भने असोज २८ गतेसम्मका लागि जारी राखेको थियो । उक्त प्रतिबन्ध अब आगामी मङ्सिर २९ गतेसम्म जारी रहने भएको छ ।

jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.