• Trending:

नेपाली सेनाद्वारा बाढी–पहिरो प्रभावित क्षेत्रमा उद्दार तथा राहत सामग्री ढुवानी

नेपाली सेनाद्वारा बाढी–पहिरो प्रभावित क्षेत्रमा उद्दार तथा राहत सामग्री ढुवानी

Economist Nepal

Sat, Asoj 29 2079

नेपाली सेनाद्वारा बाढी–पहिरो प्रभावित क्षेत्रमा उद्दार तथा राहत सामग्री ढुवानी


badhi 3

काठमाडौं । नेपाली सेनाले बाढी तथा पहिरो प्रभावित क्षेत्रमा खोज तथा उद्दार, राहत सामग्री ढुवानी र वितरण कार्य सञ्चालन गरेको छ ।

विगत केही दिनदेखि परेको अविरल बर्षासँगै आएको बाढी र पहिरोका कारण सुर्खेत, दैलेख, जाजरकोट, जुम्ला, कालिकोट, मुगु, हुम्ला, डोल्पा जिल्लाको जनजिवन प्रभावित भएको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
Badhi 2 1

जुम्ला, हुम्ला, कालिकोट तथा मुगु जिल्लाका अति विकट स्थानहरु राजचुली, ताजकोट, सर्कीघाट, छाँयानाथ, कन्कासुन्दरी लगायतका स्थानहरुमा पहिरोका कारण फसेका ११ जनाको सेनाले हवाई साधनमार्फत उद्दार गरेको छ ।

city
ncll 2

सेनाले हवाई साधनमार्फत १४ हजार ७३५ केजी राहत सामग्रीहरु ती स्थानमा ढुवानी गरी पहिरो प्रभावितलाई वितरण गरेको नेपाली सेनाले जनाएको छ । सेनाले अहिले विभिन्न स्थानहरुमा अवरुद्ध रहेका सडकहरु खुलाउने तथा हवाई साधनद्वारा थप राहत सामग्रीहरु ढुवानी गर्ने कार्य गरिरहेको छ ।

jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.